भैसेपाटीबाट भागेका थुनुवामध्ये २ जना पक्राउ

ग्रिल काटेर थुनुवा भागेको ठाउँ।

काठमाडौं : ललितपुरको भैसेपाटी प्रभागको हिरासतबाट सोमबार राती भागेका थुनुवामध्ये दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा समसेश माझी र रुद्रलाल श्रेष्ठ छन्। दुवै जना लागु औषध मुद्धाका थुनुवा हुन्। रविकुमार तिम्सिना भने फरार छन्। प्रहरीले उनिहरुलाई गोठाटारस्थित कृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्