सुदूरपश्‍चिम प्रदेश सभामा बजेटको पक्षमा मतदान गर्न सत्तापक्षकाे ह्विप

धनगढी– नेकपा संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरुलाई बिहीबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ।

संसदीय दलको अनौपचारिक बैठकमा छलफल भएपछि दलका प्रमुख सचेतक तारा लामा तामाङले दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टसँगको सल्लाहमा सबै प्रदेश सभा सदस्यहरुलाई ह्वीप जारी गरेका हुन्।

प्रदेश सभामा बजेटमाथि प्रदेशसभा सदस्यहरुले आफ्ना धारण राख्ने पालो बिहीबार सकिने र त्यस लगत्तै उनीहरुले उठाएका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुने छ।

बजेटको विरोधमा सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले सदनमा कुरा राखेपछि पारित गराउन दलबाट ह्वीप जारी गर्नुपरेको हो।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू