हिरासतबाट फरार दुई अभियुक्त पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ-महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटेर फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई बुधबार साँझ पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवै जनाको आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्