उमेर धेरै भिन्नता भएका जोडीहरुले ध्यान दिनुपर्ने कुराहरु

धेरैजसो व्यक्तिहरु आफूभन्दा केही वर्ष अथवा केही महिनामात्र फरक भएका व्यक्तिहरुसँग प्रेम सम्बन्ध राख्छन्, किनभने सम्बन्धमा सानो उमेर भिन्नता हुनुले जोडीहरुमा केही प्रभाव पर्दैन ।

यद्यपि सम्बन्धमा धेरै उमेर भएको साथीसँग रहँदा केही फाइदा र केही बेफाइदाहरु हुन्छन्। यहाँ धेरै उमेर फरक भएका जोडीहरुको सम्बन्धमा प्रभाव पार्न सक्ने केही महत्वपूर्ण तथ्यहरुको बारेमा उल्लेख गरिएको छ।

विज्ञापन

१. परिपक्कता

जोडीहरु जीवनको फरक चरणमा हुन सक्छन्। उनीहरुको जीवनसम्बन्धि दृष्टिकोण र बुझाई फरक हुन सक्छ। केही विषयमा राखिने विचारले पनि उनीहरुको परिपक्कता मापन गर्न सकिन्छ।

यस्तो अवस्थमा एकले अर्काको दृष्टिकोण र विचारलाई सम्मान गर्नुपर्छ । एकले अर्काको विचारको विरोध गर्नुहुँदैन। कुनै पनि चिजलाई हेर्ने तरिकाले सम्बन्धललाई निर्धाराण गर्छ।

२. यौन आकांक्षा

उमेरले मानिसको यौन आकांक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यदि दुई बिचमा धेरै नै उमेर फरक छन् भने योन आकांक्षा एकै प्रकारको नहुन सक्छ। यस्तो अवस्थामा दुवैजनाले खुलेर कुरा गर्न आवश्यक हुन्छ।

३. भविष्यको लागि उस्तै सोच्नु आवश्यक

भविष्य कस्तो बनाउने भन्ने बारेमा उस्तै कुरा सोच्न र देख्न आवश्यक छ। यो विचारको कुरा हो। यसमा उमेरहदले केही फरक पार्दैन।

४. याद गर्नुस्, एकले अर्कालाई हेपिरहेको छैन ?

कहिलेकाँही जोडिमा उमेर धेरै भएको व्यक्ति निर्णायकको रुपमा प्रस्तुत हुने आफ्नो साथीमाथि हावी भइन्छ। पछि सानो उमेर भएको साथीलाई आफ्नो आवाज र विचार प्रस्तुत गर्न गारो हुन सक्छ। उनले आफूलाई अपरिपक्क र कमजोर ठान्न सक्छ। तर सम्बन्ध भनेको दुवैको सल्लाह र सम्मानको विचमा बाच्छ। सम्बन्धमा बराबर शक्ति आवश्यक छ।

५. साथी सर्कल

आफ्नो साथीसँग उमेर फरक भएपछि साथीको साथी सर्कलमा उमेर फरक पर्नु पनि सामान्य कुरा हो। फरक सोच भएका आफ्नो उमेर भन्दा साना र ठूला व्यक्तिहरुसँग रमाउन र यात्रा गर्न गारो हुन्छ।

एक साथीलाई डान्स बारमा नाँच्न मन लागको बेलामा अर्को साथीलाई चलचित्र हेर्न मन लागको हुनसक्छ। त्यसैले आफ्नो साथीसँग राम्रो सम्बन्ध बनाउनको लागि एक अर्कासँग धेरै समय बिताउन जरुरी हुन्छ।

६. हरेक असमझदारीको लागि उमेरलाई दोष दिनुहुँदैन

सम्बन्धमा केही खटपट आयो भने जोडीले एक अर्काको उमेरमा भएको भिन्नतालाई दोष दिने गर्छन्। यद्यपि यस्तो कुनै पनि नियम छैन, जहाँ धेरै उमेर फरक भएका जोडीहरुले सम्बन्ध अगाडि बढाउन सक्दैनन्।

सबै सम्बन्धहरु उतार चढावबाट गुज्रिन्छन्, यसमा उमेरमात्र दोषि हुँदैन। सम्बन्धमा आउने खटपट सुल्झाउनको लागि इमानदार भएर एक अर्कासँग कुराकानी गर्न जरुरी छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्