हुम्लाको खार्पुनाथमा प्रभु बैंकको शाखा स्थापना

हुम्ला, सिमकोट – जिल्लाकैै मध्य क्षेत्रमा रहेको खार्पुनाथ गाउँपालिकामा नेपाल राष्ट्र बैंकद्धारा ‘क’ श्रेणीको मान्याता पाएको प्रभु बैंकको शाखा स्थापना भएको छ ।

खार्पुनाथ गाउँपालिकामा बैंक संचालनको जिम्मा पाएको उक्त बैंकको शाखा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलद्धारा उद्घाटन गरिएको हो ।

बैंकको शाखा संचालन भएकै पहिलो दिन बुधबार ७० जना सेवाग्राहीहरुको खाता संचालन भएको छ । दुर्गमको गाउँपालिकामा बैंकको स्थापनाले नाफा भन्दा पनि सेवाभाबले बैंक स्थापना भएको बताउदै उक्त शाखाका म्यानेजर लोकेन्द्र शाहीले अहिले संस्थागत भन्दा पनि ब्यक्तिगत खाताहरु संचालन भै रहेको र पहिलो दिन केही नगद जम्मा समेत भएको बताए ।

हाललाई कर्जा बाहेक अरु सबै बैंकबाट प्रदान गरिने सेवाहरु प्रदान गरिने पनि बताए । राष्ट्र बैंकबाट प्रकृया नमिलेको कारण हाललाई गाउँपालिकाको खाता संचालन गर्न नमिल्ने भएको कारण चालु आर्थिक वर्षमा पालिकाको खाता संचालन हुने छैन । बैंकको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रावलले अब घरआगन मै सेवा आएकोले जनतालाई राहत हुने बिस्वास व्यक्त गरेका छन् ।

अब प्रभु बैंकको शाखा संख्या १८७ पुगेको छ भने १५० एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान भैरहेको बैंकले जनाएको छ ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्