चीनको आलोचना गर्दै २२ देशले लेखे संयुक्त पत्र

चीनले शिन्ज्याङ्ग प्रान्तका आदिवासी उइगर्स समुदायमाथि गरेको व्यवहारको २० भन्दा बढी देशले आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगमा रहेका २० भन्दा बढी देशले चीनले उइगर्स समुदायमाथि गरेको व्यवहारको आलोचना गर्दै संयुक्त पत्र लेखेर त्यसमा हस्ताक्षेर गरेका हुन् ।

विज्ञापन

चीनले उइगर्स र अरु मुस्लिम समुदायका गरी झण्डै १० लाख मानिसलाई डिटेन्सन सेन्टरमा राखेको संयुक्त राष्ट्रसंघीय विज्ञ तथा मानवअधिकार समूहहरुले बताउँदै आएका छन् ।

चीनले भने उइगर्स समुदायलाई भोकेसनल ट्रेनिङ्ग सेन्टरमा राखिएको र उनीहरुलाई शिक्षा प्रदान गरिएको दाबी गर्दै आएको छ । अतिवादविरुद्ध लड्न सक्ने बनाउनका लागि यस्तो गरिएको चिनियाँ दाबी छ ।

२२ देशका राजदूतले चीनको आलोचना गरिएको पत्रका हस्ताक्षेर गरेका छन् । जसमा बेलायत, क्यानडा, जापानसहितका देश छन् ।

चीनले विशेषगरी उइगर्स र अरु मुस्लिम समुदायलाई लक्षित गरी ठूलो डिटेन्सन सेन्टर खडा गरेको, उनीहरुमाथि निगरानी तथा प्रतबिन्ध बढाएको पत्रमा उल्लेख गरिएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय अनुगमनका लागि चीनले शिन्ज्याङ्गमा अर्थपूर्ण पहुँच प्रदान गर्नु पर्ने माग गरिएको छ ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्