दाङको लमहीमा खुल्यो सिभिल बैंकको शाखा

फाइल तस्बिर

दाङ – सिभिल बैंक लिमिटेडको शाखा दाङको लमहीमा स्थापना भएको छ । ९४ औँ शाखाको रुपमा स्थापित शाखा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

बैंकको उद्घाटन गर्दै नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने बताए । गुणस्तरीय सेवा प्रभावहमा बैंकले ध्यान दिनुपर्नेमा जोड दिए ।

समृद्धिको लागि बैंकको नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम बैंकले अघि सारेको छ ।

प्रदेश ५ का बैंकका प्रमुख किरण धमलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको थियो । दाङको लमहीमा बाणिज्य र विकास बैंकगरि १७ ओटा शाखा स्थापना भैसकेको छ ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्