शौच गर्न जाँदा नहरमा डुबेर ६ वर्षे बालकको मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्ज – नहरमा डुबेर वीरगञ्जमा ६ वर्षाका बालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षे छोरा रोसन साह तुराहाको नहरमा डुबेर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक तुराहा चिप्लिइएर नहरमा डुबेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि गण्डक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बालकको शव नारायणी अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्