सुनचाँदीको मूल्य बढ्यो, पुग्यो तोलाको ६४ हजार ७ सय

काठमाडौँ – बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ६४ हजार तीन सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार चार सय रुपैयाँमा पुगेको छ । बुधबार तेजाबी सुन तोलामा ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू