विवादमा फेरि मुछिइन् कंगना रनावत, अभिनेत्रीको ‘एटिच्यूड’को बारेमा के सोच्छन राजकुमार राव ?

एजेन्सी-चलचित्र ‘जजमेन्टल हे क्या’ र चलचिको मुख्य अभिनेत्री कंगना रनावतको नाम अहिले विवादमा छ। पछिल्लो समय चलचित्रको गीत सार्वजनिक कार्यक्रमको समयमा कंगना रनावतको एक पत्रकारसँग बहस भएको थियो।

यो पछि मिडियामा भएको एक सेक्सनपछि ‘जजमेन्टल हे क्या’मा कंगना रनावतको अपोजिटमा राजकुमार रावले अभिनय गरेका छन्। एक अन्तवार्तामा अभिनेताले कंगना रनावतको व्यवहारको बारेमा कुराकानी गरेका छन्।

राजकुमार रावले बलिउड लाइफलाई भनेका छन्, ‘यो कंगनाको दृष्टिकोण हो। हामी यस्तो देशमा बस्छौँ जहाँ जो कसैले पनि आफ्नो विचार खुलस्त रुपमा राख्‍न पाउँछन्। म मात्र यही गर्न सक्छु कि कंगनालाई अझ धेरै पावर मिलोस्। धेरै मानिसहरु जो कंगनाको इमानदारीताको लागि मन पराउँछन्।’

राजकुमार रावले भने, ‘कंगना साच्चै नै निडर महिला हुन्। आफ्नो कामले कंगना धेरै महिलाहरुको प्रेरणाको स्रोत बनेकी छन्। कहिले काँही म पनि सोच्छु की कसरी कंगना यति निडर भइन् र हरेक मुद्दामा खुलेर राय राख्छिन्।’

कंगना र राजकुमार राव ‘जजमेन्टल हे क्या’ भन्दा अगाडि ‘क्विन’ चलचित्रमा काम गरिसकेका छन्। विवादको विचमा पनि ‘जजमेन्टल हे क्या’ को ट्रेलरलाई धेरै रुचाइएको छ। ट्रेलरलाई अरु चलचित्रकर्मीले पनि प्रतिक्रिया दिएका छन्। यो चलचित्रको एउटा गीत पनि सार्वजनिक भइसकेको छ। चलचित्र २६ जुलाईमा सार्वजनिक हुँदैछ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्