इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ राेज्यो

एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

अष्ट्रेलिया अघिल्लो संस्करणको विश्वकप क्रिकेटको विजेता हो भने इंग्ल्याण्डले पछिल्लो २७ वर्षसम्म एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउन सकेको छैन।

बुधबार सम्मन्न भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

आजको विजेता टोलीले आइतबार उपाधीका लागि न्यूजिल्याण्डको सामना गर्नेछ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्