अष्ट्रेलियाको कमजोर सुरुवात, फिन्च र वार्नर आउट

एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले कमजोर सुरुवात गरेको छ।

अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई नौ रनमा गुमाएको छ।

इंग्ल्याण्डले कसिलो बलिङ गरिरहेको छ। फिन्चलाई इंग्ल्याण्डका जोफ्रा आर्चरले आउट गरेका हुन् भने वार्नरलाई क्रिस बक्सले आउट गरेका छन्।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू