कामना सेवा विकास बैंकले ९२औँ शखा सञ्‍चालनमा

काठमाडौँ-कामना सेवा विकास बैंकले ९२औँ शखा सञ्‍चालनमा ल्याएको छ। गण्डकी प्रदेश, प्रवर्त जिल्ला पवर्त मोदी गाउँपालिकास्थित डिमुवामा ९२ औँ शाखा संचालनमा ल्याएको हो।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका सञ्‍चालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोलाको उपस्थितिमा सयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

विज्ञापन

बैंकले व्यवसायी विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्‍जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ।

बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत सेवाहरु प्रदान गर्नुका साथे एबीबीएस, एसएमएस बैंकिङ्, मोबाइल बैंकिङ् र सी–एएसबीए का माध्यमबाट पनि सेवा दिदै आएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू