भीमसेन मन्दिर बनाउन १ करोडको सहयोग

काठमाडौँ-पाटन दरबार क्षेत्र भित्रको भिमसेन मन्दिर पुन निर्माणको लागि एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एक करोड सहयोग गरेका छन्। आफ्नो पिता गणेशलाल श्रेष्ठको सम्झनामा उनले  एक करोड रुपैयाँ सहयोग गरेका हुन्।

‘भिन्द्यको नाममा सहयोग समर्पण गर्न पाउनु मेरो अहोभाग्य हो। भीमसेन पाटनको मात्रै नभई सम्पूर्ण नेवारहरुको इस्ट देव हो ।’ श्रेष्ठ ले भने, ‘यही  मन्दिरमा मेरा पिताजीले आफ्नो समयमा सहयोग गरेका थिए । तत्पश्च्यात हाम्रो परिवारले सदैव सहयोग समर्पण गर्दै आएको छ । यो समर्पण हाम्रो पुर्खौली अभिभारा पनि हो।’

विज्ञापन

श्रेष्ठले असर २५ गते, श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको नाममा एक करोडको चेक हस्तानतरण गरेका हुन्। कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष किरण मान प्रधान, केभिपीटिका निर्देशक-तथा समिति सदस्य डा. रोहित रंजितकार सँगै भिमसेन मन्दिर पुननिर्माण समितिका संयोजक कृष्णलाल महर्जनलाई हस्तानतरण गरे।

चेक लिए पछि श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोज श्री कृष्णलाल महर्जनले श्रेष्ठलाई धन्यबाद दिँदै भने, ‘हाम्रा पुर्खौली साँस्कृतिक धरोहरको पुनर्निर्माण, स्थनीय श्रोतबाटै गर्न सक्षम छौँ भन्‍ने हाम्रो सोचाइले मूर्त रुप लिएका देख्दा यस समितिका सम्पूर्ण टोली हर्षित छौँ। व्यक्तिगत स्तरबाट आएको यती ठुलो सहयोगले हामीमा उर्जा र आत्मविश्वास बढाएको छ।’

भीमसेन मन्दिर, पाटनको मात्र नभई उपत्यकाकै महत्वपूर्ण धरोहर हो। चार सताब्दी भन्दा पुरानो इतिहास बोकेको धार्मिक तथा पुरातात्विक महत्वको यो संस्कृतिक मन्दिर २०७२ को भूकम्पले क्षति पुगेको थियो।

प्यागोडा शैलीमा निर्मित यो भीमकाय मन्दिर पुन निर्माणको लागि मंगल टोल सुधार संघ, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा स्थनीय सहभागितामा मन्दिर पुनर्निर्माण सरोकार समिति गठन भइ पुनर्निर्माण काम सुरु भईसकेको छ। मन्दिरको प्राविधिक काम काठमाडौँ भ्याली प्रेजरभेसन ट्रस्टको प्रविधिक सहयोग रहेको छ।

सुन लेपन बाहेक चार करोड त्रियानब्बे लाखको अनुमानित लागतमा सुरु गरिएको पुनर्निर्माण परियोजनामा ललितपुर नगरपालिकाले एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग हुने भएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू