सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

नेकपा एमालेका नेता गाेकुल बास्काेटा। फाइल तस्बिर।

काठमाडौं-सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख र्आिर्थक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन।

मन्त्रीपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताए।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्