ज्योति लाईफ र इ-सेवाबीच भुक्तानी सम्झौता

काठमाडौँ– ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र इ-सेवाबीच शुल्क भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

उक्त सहमति पश्चात ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ।

गा्रहकहरुको सुविधालाई मध्यनजर गर्दै ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई प्रविधिमैत्री, प्रभावकारी तथा सहज बनाउन इ-सेवासँग भएको सम्झौता अनुसार सफल परिक्षणपछि ग्राहकहरुका लागि सेवा सुचारु गरिएको हो।

ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा बिमित आफैले पनि आफ्नो ई-सेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन्।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्