एनआइसी एसिया र विराटनगर अस्पताल प्रालिबीच सम्झौता

काठमाडौँ-एनआइसी एसिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रालिबीच उपचारका लागि छुट दिने सम्झौता भएको छ।

बिहीबार विराटनगरस्थित मुनालपथमा एक कार्यक्रमगरि बैकका ग्राहकहरुलाई अस्पतालमा उपचार गराउँदा १० र १५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता गरेको हो।

बैंकको तर्फबाट विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा सुशील तपरियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान आएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्