असारे विकासको चटारो (भिडियो रिपोर्ट)

असारे विकासको चटारो (भिडियो रिपोर्ट)

काठमाडौँ-आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहँदा असारे विकासले तीव्रता पाएको छ । नेपाली अर्थतन्त्रमा लामो समयदेखि समस्याका रुपमा रहँदै आएको आर्थिक वर्षको अन्तमा खर्च गर्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ ।

असारको झरीमा देशभर विकास बजेट सक्नैका लागि धमाधम काम भइरहको छन् । चालु आर्थिक वर्षकमा सरकारले पुँजीगत तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छुट्याएको थियो ।

तर बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले विकास बजेट घटाएर २ खर्ब ६५ अर्ब २६ करोड कामय गरे पनि त्यो पनि खर्च हुने अवस्था छैन । आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी रहँदा ५९ प्रतिशत मात्र विकास खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

संशोधित लक्ष्यको झण्डै ७० प्रतिशतसम्म मात्रै बजेट खर्च हुने महालेखा परीक्षकको अनुमान छ । अहिले दैनिक अर्बको हाराहारीका विकास खर्च भइरहेका छन् ।

१७ महिनाअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाइ बहुमतसहितको सरकार बन्दा धेरैले विकास निर्माणले गति लिने अपेक्षा गरेका थिए ।

पुँजीगत खर्च समयमै नहुने अवस्थाप्रति आफूहरु आलोचित हुन तयार रहेको बताउँदै अर्थमन्त्री युवराज खतिवडा आउँदो वर्ष यसलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

शुक्रबार राष्ट्रियसभामा खतिवडाले भने, ‘पहिला सम्पन्न भएका आयोजनाको भुक्तानी पनि असारमै हुने अवस्थाले विकास खर्च आर्थिक वर्षको अन्त्यमा देखिएको हो ।

यस वर्ष संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा बढी केन्द्रित हुँदा ठूला विकासका आयोजनालाई अघि बढाउन सकेनौं । जसले पनि विकास खर्च कम भएको छ । आगामी वर्ष यस्तो अवस्था आउन नदिने गरी सरकारले काम गर्छ ।’

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्