सरकारका प्रवक्तालाई कांग्रेस प्रवक्ताको जवाफ: फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नू ?

काठमाडौँ-सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसप्रति गरेको टिप्पणीप्रति प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसले विप्लव गरेको हिंसात्मक गतिविधिलाई लिएर सरकारमाथि आक्रमण गरेको भन्दै मन्त्री बास्कोटाले कांग्रेसप्रति आक्रोश पोखेका थिए ।

बास्कोटाले कांग्रेसले ‘दिउँसो बिपी भने पनि राति विप्लवसँग नाता जोडेको’ आरोप लगाए । जवाफमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका फोटोकपी मन्त्रीले उठाएका सबै विषयमा जवाफ दिएर हिड्न आवश्यक नरहेको बताएका छन् ।

उनले संसदमै अपशब्द बोल्ने प्रधानमन्त्रीका मन्त्रीसँग संस्कारको अपेक्षा गर्नुपनि बेकार हरेको ट्वीटरमा लेखेका छन् । शर्माले भने, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न ।’

प्रहरी कारबाहीमा विप्लवका कार्यकर्ता मारिन थालेपछि कांग्रेसले संसद सार्वजनिक रुपमा आपत्ति जनाउँदै आएको छ ।

असार ५ गते सर्लाहीमा मारिएका विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरिरहेका छन् ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू