वर्षाबाट हुनसक्ने जोखिम नियन्त्रणका लागि टोली परिचालन

मोरङ– अविरल वर्षासँगै सम्भावित जोखिमलाई नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले तत्काल उद्धार टोली परिचालन गरेको छ।

बिहीबारबाट सुरु गरिएको टोलीका सन्दर्भमा महानगरपालिकाका मेयर भीम पराजुलीले अविरल वर्षाबाट हुन सक्ने सम्भावित जोखिमका लागि खटिने जानकारी दिए।

विज्ञापन

महानगरका केही स्थान वर्षाबाट प्रभावित हुन सक्ने विषयमा महानगर चनाखो रहेको बताएका मेयर पराजुलीले ती सम्भावित क्षेत्रमा पर्ने नाला सफाई, ब्लकेज हटाउने कार्य सुरु भइसकेको बताए। गएको तीन दिनदेखि जारी वर्षाका कारण महानगरका विभिन्न वडा जलमग्न भएका छन्।

त्यसैगरि वर्षाको लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको संयोजकत्वमा महानगरका विभिन्न शाखा, महाशाखा प्रमुखहरुको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिने छन्। यसका लागि विराटनगर महानगरले सामाजिक क्षेत्रमा क्रियाशील युवाको टोलीलाई समेत सहयोग गर्न आग्रह गरेको छ।

वर्षाबाट प्रभावित क्षेत्रमा विराटनगर महानगरले पानी निकासका लागि व्लकेज खोल्ने काम गरेको छ। बिहिवार महानगरले नगर क्षेत्रका विभिन्न स्थानमा स्काभेटर प्रयोग गरेर पानि जमेका स्थानहरुको अबरोध स्थानलाई हटाएको जनाएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्