दाउरा संकलन गर्दा खोलामा बगेकी महिलाको उद्धार

सांकेतिक तस्बिर

मोरङ– मोरङ जिल्लाको उर्लाबारी नगरपालिकास्थित मावा खोलाले बगाएकी एक महिलाको बिहीबार उद्धार गरिएको छ।

बिहीबार दिउँसो ४६ वर्षिया सुमित्रामाया कुमाललाई दाउरा संकलन गर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ। उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलनका क्रममा कुमाल खोलामा बगेकी थिइन्।

विज्ञापन

खोलामा बगेकी कुमालको तत्कालै स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। बाढीमा बगेर अचेत कुमाललाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

हाल उनको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्