सरकारविरुद्ध मसाल जुलुस निकाल्दा प्रहरी र नेविसंघबीच झडप, दुई घाइते

काठमाडौं- देशमा भ्रष्टाचार बढेको, तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर विष खान जनतालाई बाध्‍य गराएको भन्दै नेविसंघले बिहीबार साँझ सरकारविरुद्ध मसाल जुलुस निकालेको छ।

विज्ञापन

मसाल जुलुस निकाल्दा नेविसंघ र प्रहरीबीच झडप भएको छ।  झडपमा परी नेविसंघका केन्द्रीय सदस्‍य नवराज त्रिपाठी र थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्व स्ववियू सभापति सुधीर शर्मा घाइते भएको नेविसंघका नेता  मनिष सिम्खडाले बताए।

उनका अनुसार सरकारविरुद्ध यो चौथो चरणको कार्यक्रम रहेको र बिहीबार माइतीघरमा प्रदर्शन हुनेछ।

 

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्