आज पनि भारी वर्षा हुने, सतर्क रहन चेतावनी

काठमाडौँ – देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीहरुमा पनि जलसतह एक्कासी बढ्ने तथा केहीमा खतरा तह पार हुने संभावना पनि भएकाले सतर्क रहने आग्रह गरिएको छ ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू