८ वर्षीया बालिकाको बलात्कारपछि हत्याका दोषीलाई मृत्युदण्ड

भारत मध्यप्रदेशको राजधानी भोपालमा आठ वर्षकी एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई फासीको सजाय सुनाइएको छ । भोपालस्थित अदालतले बलात्कारपछि हत्याको घटनामा दोषी ठहर गर्दै अभियुक्त विष्णु बामारेलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

फाइल तस्बिर

अदालतले यो फैसला ३२ दिन पछि सुनाएको हो । आठ वर्षीया बालिकाको बलात्कारपछि घाँटी रेटेर हत्या गरिएको थियो । यो घटनापछि आक्रोशित स्थानीय बासिन्दाले विरोध प्रदर्शन चर्काएका थिए ।

विज्ञापन

प्रहरीले घटनाको दुई दिन पछि अभियुक्तलाई पक्राउ गरेको थियो ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्