बाढीमा बगाउँदा मोटरसाइकलमा सवार व्यक्ति बेपत्ता

काठमाडौँ – लगातारको वर्षाका कारण नदीमा आएको बाढीमा बगेर रौतहटमा एक जना बेपत्ता भएका छन् । लाल बकैया नदीमा आएको बाढीमा बगेर इशनाथ नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका प्रहरीले जनाएको छ ।

भारतबाट मोटरसाइकलसहित आउँदै गर्दा नदीमा झरेर उनी बेपत्ता भएका प्रहरीको भनाई छ । खोलामा डुबेको स्थानबाट पटेल चढेको बिआर५५ए ४१३८ नम्बरको मोटरसाइकल केही समयपछि फेला पारिएको छ ।

विज्ञापन

बेपत्ता रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्