२३ सय बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सिमकोट – हुम्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

न्यून आयश्रोत, दलित, जेहेन्दार र लगनशील विद्यार्थी मध्य छनौट चार वटा गाउँपालिकाका विद्यालयका छात्रा छात्रहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विज्ञापन

दुई हजार तीन सय ३७ बालबालिकालाई एघार प्रकारका शैक्षिक सामाग्री निशुल्क रुपमा वितरण गरिएको उक्त सामाग्री विद्यालयमा वितरणका लागि सहजिकरण गरिरहेको किडार्क हुम्लाका जिल्ला संयोजक जनक बुढाले बताए ।

चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका ६४ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको होे ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्