देशभरका सबै जसो नदीको बहाव बढ्यो, सुरक्षित रहन आह्वान

काठमाडौँ – बिहीबारदेखि परेको पानीका कारण देशभरका सबै जसो खोलानालको बहाव खतराको सुचकमाथि पुगेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको वाढी पूर्वअनुमान महाशाखाका अनुसार शुक्रबार ९ बजेदेखि कोशी, बागमती, कन्काइ, कमलालगायतका नदीको बहाव खतराको विन्दुमाथि पुगेका छन् ।

महाशाखाले प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब पनि सतर्कता माथि र उच्च खतरायुक्त रहेको जनाएको छ ।

त्यस्तै कमला नदी (धनुषा तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र जारी रहेकाले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन बाढी पूवानुमान शाखाले अनुरोध गरेको छ ।

यो अवस्था शनिबारसम्मै कायम रहने भएकाले होसियारी अपनाउन सर्वसाधारण आग्रह गरिएको छ ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्