प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ – प्रतिकुल मौसमका कारण शुक्रबार आन्तरिक उडानहरु प्रभावित भएका छन् । लगातार मेघगर्जनसहित वर्षा भएपछि उडानहरु प्रभावित भएका हुन् ।

जहाजहरुको उडान प्रभावित भएपछि काठमाडौँ आउने र काठमाडौँबाट बाहिर जाने यात्रुहरु विमानस्थलमै रोकिनु परेको छ । तर त्रिभुवन अन्तरराष्ट्रय विमानस्थलले भने उडान ठप्प नभएको बताएको छ ।

केहीबेर मौसमका कारण उडान प्रभावित भए पनि ठप्प भने नरहेको विमानस्थलका एक कर्मचारीले बताए । ‘अन्तरराष्ट्रिय उडान रोकिएका छैनन्, आन्तरिक उडानमा केही समस्या छ तर ठप्प भएको छैन’, उनले भने ।

लगातार वर्षा भएपछि बाढी तथा पहिरोका कारण विभिन्न ठाउँका राजमार्गहरु पनि अवरुद्ध छन् । हवाई सेवा पनि प्रभावित भएपछि नागरिकहरु समस्यामा परेका छन् ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्