बाल विवाहविरुद्ध साझा प्रतिबद्धता

सिमकोट -गाउँपालिका स्तरीय सञ्चालन भएको बाल कचहरी कार्यक्रम मार्फत सरोकारवाला पक्षहरुले बाल विवाहविरद्ध साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिमकोट गाउँपालिकालाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने लक्ष अनुसार जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, सुरक्षाकर्मी, अधिकारकर्मी देखि विद्यार्थीसम्म सबैले साझा प्रतिबद्धता जनाएका हुन् ।

कचहरीमा जिज्ञासा राख्ने विद्यार्थीहरुले कानूनको कार्यान्वय पक्ष फितलो भएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्