भिजेको तारमा अंकुश हाल्ने क्रममा करेन्ट लागेर मृत्यु

नेपालगञ्ज – बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–५, नानापुरमा करेन्ट लागेर दुर्गाबहादुर गुरुङको मृत्यु भएको हो ।

पानीले भिजेको तारमा अंकुश हाल्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचार हुन नपाउदै मृत्यु भयो ।

स्थानीयबासीका अनुसार, गुरुङ तारमा अंकुश लगाउन गएका थिए । गुरुङ परिवारको घरमा मिटरबक्स नरहेकाले अंकुश लगाएर बत्ती बाल्ने गरिन्थ्यो ।

घटना पछि गुरुङको घरमा पुगेको प्रहरीले पनि मिटरबक्स नरहेकाले अंकुश लगाएर बत्ती बाल्ने गरिएको जनाएको छ ।

त्यही अंकुश हाल्ने क्रममा दुर्गाबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज दीपक मल्लले जानकारी दिए ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्