हाकुपटासीमा सजिएर अभिनेत्री करिश्माले रोपिन् धान

हाकुपटासीमा सजिएर धान रोप्दै नायिका करिश्मा मानन्धर। उनले आफ्नै खेतमा पहिलो पटक धान रोपेकी हुन। तस्बिर- करिश्माको फेसबुकबाट

काठमाडौँ-अभिनेत्री करिश्मा मानन्धरले नेवारी भेषमा धान रोपेकी छन्। शुक्रबार धेरै पानी परेपछि उनले गोदावरीको आफ्नै खेतमा रोपाई गरेकी हुन्। ‘यो वर्षमात्र लिएको खेत हो। पानी नपरेर रोपाइँ गर्न पाएको थिएनौँ।’ देशसञ्चारसँग फोनमा कुराकानी गर्दै उनले भनिन्, ‘खेत गएर आएका छौँ, चिसोमा चिउरा छोइला खाएर बसेका छौँ।’

विज्ञापन

करिश्माले यो भन्दा अगाडि यसरी धान नरोपेको बताइन्। शुक्रबार १५ जना खेताबिचमा परिवारको ५ जना सदस्य थपिएर रोपाइँ गर्दा धेरै रमाइलो भएको बताइन्, ‘मैले रोप्ने भन्दा पनि म गएपछि उहाँहरु खुसी हुनुभयो। रोपाइँ पनि चाँडै सकियो।’

करिश्माले आफूले लगाएको महर्जनको हाकुपटासीबारे भनिन्, ‘मैले खेती गर्ने किसानको परिहन गरेकी हुँ।’ करिश्माका साथी नृत्य निर्देशक गोविन्द राई पनि खेतमा पुगेका थिए।

तस्बिर : करिश्मा मानन्धरकाे फेसबुकबाट

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू