भक्तपुरको राधेराधेमा कामना सेवा विकास बैंकको ९३ औँ शाखा

काठमाडौँ– कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २६ स्थित राधेराधेमा आफ्नो ९३ औँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ।

बैंकका अध्यक्ष सुिदप आचार्य र संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन्। बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम् प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ।

बैंकले देशका विभिन्न भागहरुमा ९३ वटा शाखा तथा ४४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। साथै, बैंकले एबीबीएस, इन्टरनेट तथा मोवाइल बैंकिङ लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्