सुन्दरहरैँचामा गाउँ जोड्ने सडक र पुल बाढीले बगायो, बस्ती जोखिममा

मोरङ- केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मोरङ जिल्लाको विभिन्‍न स्थान डुबानमा परेका छन्।

विज्ञापन

शुक्रबार बिहान सुन्दरहरैचा-२मा रहेको जोगियारे र धोबियारे गाउँ जोड्ने सडक र बासको पुल बाढीले बगाएको छ भने बस्तीहरु डुबानमा परेका छन्।

३ हजार घरधुरी रहेको गाउँमा अविरल वर्षाले आवतजावतमा रोक लगाएको छ भने उनीहरुको जनजीवन प्रभावित बनाएको छ।

यस्तै निरन्तर वर्षा भइरहँदा त्‍यहाँका ग्रामथान गाउँपालिका-७ बस्तीमा पानीको अधिक प्रभाव परेको त्यहाका स्थानीय एनएन गच्छदारले बताएका छन्।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू