खोलाले बगाएर बालिकाको मृत्यु

फाइल तस्बिर

हेटौडा-मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ।

सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विज्ञापन

त्यसैगरी अविरल परेको वर्षाले हेटौँडा नारायणगढ सडकखण्डको ज्यामिरेमा आज अपराह्न पहिरो आई सो सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

उक्त पहिरो हटाउन इलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाइसकेको र करीब दुई घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए।

अहिले पनि अविरल परेको वर्षात्को बाढीले त्रिभुव राजपथको बागझोरामा यातायात सञ्चालन गर्न अझै पनि कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्