बिमा दावी गर्न नक्कली सवारी दुर्घटना : चार प्रहरी अख्तियारको फन्दामा

काठमाडौं : विमाको रकम दावी गर्न सवारी दुर्घटना प्रमाणितको कागजात बनाइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको एक मिठाई पसलका छापा मार्दै चार प्रहरीलाई नियन्त्रणमा लिएको छ।

उनिहरु काठमाडौंको सामाखुसी स्थित एक मिठाइँ पसलबा पक्राउ परेका हुन्। अख्तियारले एक लाख रुपैयाँ पनि बरामद गरेको छ। पक्राउ पर्नेमा ट्राफिकका तीन र दुई नम्बर गणका एक सहित चार प्रहरी जवान छन्।

विज्ञापन

पक्राउ  परेका प्रहरी जवानको नाम भने सार्वजनिक गरिएको छैन।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्