चिप्लिएर घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको विमान ‘रन वे’मा ल्याइयो, विमानस्थल खुल्यो

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौं :  अवतरणका क्रममा रन वेबाट चिप्लिएर घाँसै मैदानमा पुगेको यति एयरलाइन्सको विमान रन वेमा फर्काइएपछि  ८ घन्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरमा सञ्चालनमा आउने भएको छ।

वर्षाका कारण विमानलाई सुरक्षित स्थानमा ल्याउन समस्या भएको थियो । बिहान ११ बजेर ६ मिनेट जाँदा  विमान धावनमार्गबाट चिप्लिएको हो।

नागरिक उड्डयन प्राधिकरणको इन्जिनियरिङ विभाग, नेपाल आर्मी, सशस्त्र प्रहरी तथा वायुसेवा कम्पनीका प्राविधिकहरुको सहयोगमा यतिको विमान रन वेमा ल्याउन सकिएको हो।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ। उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ।

 

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्