विदेशीलाई हतियार प्रहार गरि लुटपाट

सांकेतिक तस्विर।

काठमाडौं :    काठमाडौंमा शुक्रबार बिहानै एक जापानी नागरिक लुटिएका छन्।

लुटेराको समूहले जापानी नागरिक ४० वर्षीय सुमिजु तेन्जीलाई हतियार प्रहार गरि २ लाख रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। तेन्जिको उपचार भइरहेको छ।

बौद्धस्थित डेरामा बसिरहेको समयमा उनीमाथी आक्रमण भएको थियो। फरारहरु अझै पक्राउ पर्न सकेका छैनन्।

 

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्