खोलामा धुँदै गरेको बस बाढीले बगायो

दाङ-ग्वार खोलामा बाढी आउदा घोराही-तुलसीपुर सडक अवरुद्ध भएको छ।

एक्कासि आएको बाढीले बस बगाएको छ। खोलामा धुदै गरेको बसलाई बगाएको प्रहरीले जनाएको छ।

चालक र सह चालकको सकुशल उद्दार गरिएको छ।

ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सहचालक निर्मल पुनको सकुसल उद्दार गरिएको छ।

ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डिएसपि रोम बहादुर कार्कि लगायतको टिम खोलामा पुगेर चालक र सहचालकको उद्दार गरिएको छ।

उद्दारमा खटिएका डिएसपि शाहि खोलाको कचवेमा चिप्लिएर सामान्य घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागेको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्