विम्बल्डन टेनिस

नाडाललाई पराजित गर्दै फेडेरर फाइनलमा, उपाधिका लागि जोकोविचसँग खेल्ने

राफायल नाडाललाई पराजित गर्दै रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

स्वीस फेडेररले लामो समयदेखिका आफ्ना प्रतिद्वन्द्वी स्पेनिस नाडाललाई शुक्रबार राति भएको खेलमा ७–६ (७–३), १–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

तेस्रो बरियाताका नाडाललाई दोस्रो बरियताका फेडेररले पराजित गरेर सन् २००८ मा विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला लिएका छन् ।

३७ वर्षका फेडेररले अहिलेसम्म ८ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । उनी पुरुष तर्फ सबैभन्दा धेरै पटक विम्बल्डनको उपाधि जित्ने खेलाडी हुन् । यो पटक उपाधि जितेमा महिला एकल तर्फको कीर्तिमानसँग पनि उनले बराबरी गर्ने छन् ।

उपाधिका लागि फेडेररले आइतबार सर्बियन नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नेछन् ।

जोकोविचले स्पेनका रोबर्टो बाउटिसा अगुट्लाई ६–२, ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।चारपटकका विम्बल्डन विजेता जोकोविच पाँचौँ उपाधिको पर्खाईमा छन् ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्