पश्चिम राप्ती र बबईमा पानीको सतह चेतावनी तह भन्दा तलै, तर सतर्क रहन आह्वान

राप्ती नदीको । फाइल तस्बिर

दाङ – लगातार पानी परिरहे पनि दाङका ठूला नदी तथा खोलामा पानीको सतह चेतावनी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ५ बजेसम्म दाङ जिल्लामा स–साना खोलाहरुमा पानी वृद्धि भएको छ तर ठूला नदी पश्चिम राप्ती र बबईमा पानीको सतह चेतावानी तह भन्दा तलै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।

तर, पानि पर्ने क्रम अझै जारी हुने भएकोले उच्च सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।

उनले भने, ‘यहि अवस्था जारि रहेमा बाढीको सामना गर्नु पर्ने हुनसक्छ । त्यसैले सबै निकायहरुमा पनि उच्च सतर्कता अपनाउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्