त्रियुगा नदीको बाढी बाँध भत्काउँदै बस्तीमा छिर्‍यो, सयौँ बिगाहा जमिन बगरमा परिणत

बेल्हा-त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका-५ बेल्हा गाउँको बाँध फुटाएर बस्तीमा पसेको छ।

चार दिनदेखिको लगातारको वर्षाले आएको बाढीले बेल्हालगायत आसपासका बस्ती डुबानमा परेको हो।

गाउँमा बाढी पसेपछि सयौँ बिगाहा खेतीयोग्य जमिन बालुवा र गिटीमा परित भएको स्थानीय युवा नेता भाष्कर चौधरीले बताए।

उनले भने, ‘त्रियुगा र द्वार खोलामा आएको बाढीले बेल्हा गाउँको स्कुल टोल डुबाएको छ। बाढीले बेल्हा गाउँमा लगाइएको पुरानो बाँध भत्काएर बस्ती पसेको छ। यसले खेती योग्य जमिनमा वालुवा पुरेको छ।अब जमिन बगरमा परित भएको छ’

बाढी आएपछि बेल्हा गाउँका बासिन्दा रातभर जाग्राम बसेका छन्। खेतीयोग्य जमिन डुबानमा परेपछि उनीहरुमा त्रास र निराश देखिएको छ।

यस्तै त्रियुगा नदीको बाढीले आपपासका गाउँहरु देवधार, ज्‍यामिरे, खैजनपुर, आमबासी, शखुबनी पुरन्दह लगायतमा प्रभावित बनाएको छ।

 

 

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्