हरिवंशले ल्याए ‘बुढो हुन मन छैन’

काठमाडौँ– हाँस्य कलाकार हरिवंश आचार्यले ‘बुढो हुन मन छैन गीत’ सार्वजनिक गरेका छन्। आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका छन्। गीतमा स्वर पनि हरिवंशले नै भरेका छन्। उनले सामान्य भन्दा फरक स्वर बनाएर गीत गाएका छन्। गीतका बिचबिचमा डायलग पनि राखिएको छ।

यो गीतमा बुढेसकालमा आइपर्ने समस्या कस्ता कस्ता हुन्छन् भन्ने उल्लेख गरिएको छ। आफै उमेरले ६० कटेका आचार्य आफै अभिनय गरेका छन्। उनी कपाल फुलेका जुंगा फुलेका बृद्ध बनेका छन्। कालो सुट लगाएका आचार्यले छडि टेकेका छन्।

यो गीतमा जीवनको एक अवधिको अवस्था चित्रण गरिएको छ। गीत महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो। गीतलाई सुदन के सीले निर्देशन गरेका हुन्।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्