फोटो फिचर

तस्बिरमा बाढीको कहर: उद्धार र राहत

बाढीले दु:ख दिएपछि ज्‍यान जोगाउनकै लागि घर छाडेर सुरक्षित स्थानमा जाँदै स्थानीयहरु। बाढीले करीब २ हजार घरपरिवार विस्थापित भएका छन् भने सेना प्रहरीले उनीहरुको उद्धार गरेको छ। तस्बिर-भाष्कर चौधरी

त्रियुगा नदीको बाढीमा फसेकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय युवाहरुले उद्धार गरेका छन्।

लगातारको वर्षाले चौदण्डीगढी नगरपालिका ५ बेल्हा खैरा र बेलका नगरपालिका-१ अम्बासीमा बाँध फुटाएर बाढी बस्तीमा पसेपछि उनीहरुलाइ सेना प्रहरीको सहयोगमा उद्धार गरिएको हो।

उद्धार गरिएकाहरुलाई स्कुलमा राखिएको छ भने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राइले राहत उपलब्ध गराएका छन्।

राहतमा तत्काल चाउ चाउ र चिउरा दिइएको छ भने पछि नगरपालिकाले क्षति अनुसारको राहत उपलब्ध गराउने छ।

स्थानीय युवा नेता भाष्कर चौधरीले खिचेका तस्बिरहरु:

 

त्रियुगा नदीमा आएको बाढीले डुबानमा परेको बस्ती। सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका-१ अम्बासीमा बाँध फुटेर नगरपालिकाको आमबासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँ डुबानमा परेको हो। तस्बिर-सुखीलाल चौधरी

 

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्