कोशी नदीमा पानीको बहाव उच्च, काेशी व्यारेजका ३७ ढाेका खाेलियाे

काेशी व्यारेज। तस्बिर: अभयकुमार राई/देश सञ्चार

मोरङ– केही दिन देखिको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उच्च भएको छ।

शनिबार कोशी नदीमा पानीको बहाव बढेर २ लाख ८८ हजार क्यूसेक पुगेको छ। पानीको बहाब बढेपछि कोशी व्यारेजका ५६ ढोकामध्ये ३७ वटा ढोका खोलिएको छ।

अविरल वर्षाका कारण देशभर बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ।

नेपालको सीमावर्ति क्षेत्रमा भारतले बनाएकाे बाँधका कारण नेपालका तराईका जिल्लाहरु वर्षेनी डुबानमा पर्ने गरेका छन्।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्