बाढीले डुबाएको रौतहटका ९ तस्बिरहरु

रौतहट– तीन दिनदेखि परेको अत्याधिक वर्षाका कारण आएको बाढीबाट प्रदेश–२ को रौतहट जिल्ला जलमग्न भएको छ।

लगातारको वर्षाका कारण जिल्ला सदमुकाम गौरसहित अधिकांश गाउँ डुबानमा परेका छन्।

बाढीले राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको छ भने बस्तीसमेत डुबानमा परेपछि स्थानीयकाे विचल्ली भएकाे छ।

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधको कारण पानीको पर्याप्त निकास नहुँदा रौतहट डुबानको चेपेटामा परेको हो।

रौतहट लगायत तराईका अधिकांश जिल्ला भारतले बनाएको बाँधका कारण वर्षेनी डुबानमा पर्ने गरेका छन्।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू