कोशी ब्यारेजको अवस्था।

सुनसरी – कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिएका छन् ।

नदीमा पानीको बहाव केही कम भएको छ । अहिले पानीको बहाव दुई लाख ९० हजार क्युसेक रहेको छ । यसअघि बिहानै गरिएकोमा मापनमा नदीमा पानीको बहाव ५ लाख १७ क्युसेक थियो ।

सबै ढोका खोलिएकाले नदीमा जलस्तर कम हुने अपेक्षा छ । तर वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ ।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्