चुरे क्षेत्रका स–साना नदीमा आकश्मिक बाढी आउन सक्ने

काठमाडौँ – चुरे क्षेत्र भएर बग्ने स–साना नदी तथा जलाधारमा आइतबार आकश्मिक रुपमा बहाव बढ्न सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, २ र ३ को चुरेबाट बग्ने साना नदी तथा जलाधारमा थप वर्षाका कारण आकश्मिक रुपमा बहाव बढ्न सक्ने जनाइएको छ । आकश्मिक रुपमा बाढी आउन सक्ने भएकाले सो क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु पर्ने जनाइएको छ ।

तर प्रमुख तथा मझौला नदीमा भने जलस्तर सतर्कताको तह भन्दै तल नै रहने जनाइएको छ । सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्य बन्दै जाने देखिएकाले विस्थापित भएकाहरु आफ्नो टोल फर्किन सक्ने उल्लेख गरिएको छ ।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्