कांग्रेस बैठकमा नियमावलीबारे छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार पनि नियमावलीबारे छलफल भइरहेको छ ।

शुक्रबारदेखि नेता रमेश लेखक संयोजकत्वको पाँच सदस्यीय समितिले पेश गरेको नियमावलीबारे छलफल सुरु भएको थियो ।

आइतबार पनि बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये नियमावलीमै केन्द्रित रहेर छलफल चलिरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले नियमावलीमा प्रस्ताव गरिएको सबै सदस्यबाट नियमित ‘लेबी’ उठाउने र पार्टीलाई क्याडर बेसमा लैजाने प्रस्तावको विपक्षमा उभिएका थिए ।

तर, सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले पनि प्रस्तावित नियमावलीको बचाउ गरेका छन् ।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्