सेल्फी खिच्ने क्रममा बाढीमा बगेर बेपत्ता किशाेरको शव फेला

फाइल तस्बिर

वीरगञ्ज– सेल्फी खिच्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तजारथ टोलमा डेरामा बस्दै आएका रामनारायण पटेलका १५ वर्षीय छोरा अजुज पटेल सेल्फी खिच्ने क्रममा शनिबार बाढीमा बगेर बेपत्ता भएका थिए।

वीरगञ्जको सिर्सिया नदीमा सेल्फी खिच्ने क्रममा टोपी नदीमा खसेपछि टिप्न जाने क्रममा उनी बाढीमा बगेर बेपत्ता भएका आएको बाढी हेर्न गएका उनी बाढीमा बगेका थिए। प्रत्यक्षदर्शीले बताएका छन्  ।

किशोरको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

योसँगै पर्सामा बाढीले २ जनाको ज्यान गएको छ। यसअघि गत शुक्रबार पर्सागढी नगरपालिकामा बाढीले बगाउँदा वडा नम्बर १ बस्ने मेघराज पटेलको १२ वर्षीय छोरा निखल पटेलको ज्यान गएको थियो।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्