न्युजिल्याण्डको लामो पालीको संकेत, २२ औँ ओभरमा सय रन पुरा

लन्डन– १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले न्युजिल्यान्ड र इङल्यान्ड भिडिरहेका छन्।

पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २२ ओभरमा एक विकेट गुमाएर एक सय २  रन जोडेको छ। कप्तान केन विलियमसन ३० र हेनरी निकोल्स ४५ रनमा खेल्दैछन्।

टोलीले २९ रन जोड्दा किविजका मार्टिन गुप्टिल १९ रनमा आउट भए। सातौँ ओभरको दोस्रो बलमा गुप्टिललाई क्रिस वोक्सले एलबीडब्लु धरापमा पारे।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्